ओम्नीसँगको मेडिकल सामाग्री खरिदबारे सार्वजनिक खरिद अनुगमनका प्रश्नैप्रश्न [रिपोर्टसहित]
nepallive.com · Tue Jul 28 16:05:00 UTC 2020
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले कोरोना उपचारका लागि भन्दै ओबिसिआई (ओम्नी ग्रुप)सँग खरिद गरेको मेडिकल सामाग्री खरिद प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कानुनविपरीत भन्दै प्रश्न उठाएको छ।
अनुगमन कार्यालयले खरिद प्रक्रिया कानुनसम्मत नरहेको ठहरसमेत गरेको छ। संसद्को सार्वजनिक लेखा समितिले खरिद अनुगमन कार्यालयलाई विभागले ओम्नी ग्रुपसँग मेडिकल सामाग्री खरिदमा भएको कमजोरीका विषयमा अध्ययन गरिदिने आग्रह गर्दै पत्रचार गरेपछि अनुगमन कार्यालयले अध्ययन गरेको हो। समितिको पत्राचारपछि कार्यालयले अनुसन्धान निर्देशक सुवासचन्द्र शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेर अध्ययन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)