धनकुटामा उद्योग बाणिज्य संघ धनकुटाको समन्वयमा घर घरमा तरकारी विक्रि
hamrakura.com · Sun Apr 12 17:53:00 UTC 2020
धनकुटा। धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा आज धनकुटा बजारमा ५ गाडी ताजा हरियो तकारी सुपथ मुल्यमा विक्रि वितरण गरिएको छ। लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजार क्षेत्रमा उपभोक्ताहरुको घर घरमानै ताजा हरियो तकारीहरु पुर्याई जम्मा ५ गाडी ताजा तरकारी एकै दिनमा शुपथ मुल्यमा विक्रिवितरण गरेको हो।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, महासचिव राम वहादुर तामाङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, सुनिता थापा,लिजा श्रेष्ठ, अम्विका देवी धमला, नगेन्द्र काफ्ले, धनकुटा उद्योग बाणिज्य संघका कार्यलय प्रमुख सिचन प्रधान लगायतले धनकुटामा उद्योग बाणिज्य संघको समन्वयमा भैरहेको सुपथ मुल्यमा हरियो ताजा तरकारी विक्रि वितरण कार्यको प्रत्यक्ष रुपमा सहभागी भएर अनुगमन तथा सहजीकरण गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)