बैतडी घटनाका दोषीलाई अविलम्ब पक्राउ गर्न कांग्रेसको माग
lokpath.com · Fri Feb 12 16:42:17 UTC 2021
काठमाडौँ – नेपाली कांग्रेसले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषी पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई दुःखद रुपमा लिएको जनाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत उक्त घटनाको अनुसन्धान तीव्र बनाउन, दोषीलाई अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटनाविरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)