ओलीसँग कुरा नमिलेपछि बहुमतको ‘फायर’ खोल्ने प्रचण्डको तयारी, नेपाल-खनालको साथ !
reportersnepal.com · Wed Jul 08 18:04:03 UTC 2020
काठमाडौं, २४ असार । पार्टीभित्र चुलिएको आन्तरिक विवादबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमतिको खातिर भैरहेका पछिल्ला प्रयास खेर जाने भएको छ । असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठक यही कारणले प्रभावित बन्दै आएको छ । स्थायी कमिटी बैठकको पहिलो दिनमै अध्यक्ष दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
उनीहरुले अब ओलीबाट पार्टी र सरकार दुवै चल्न नसक्ने निश्कर्ष निकालेका छन् । र, उनीहरु अहिलेपनि त्यही अडानमा छन् । तर, ओली पक्षले भने अहिले ओलीले दुवै पदबाट राजीनामा नदिने र बहुमतको डण्डा चलाए पार्टी एकता नै खतरामा पर्ने चेतावनी दिएको छ । ओलीविरुद्ध अहिले दाहाल-नेपाल समूह खरो उत्रिएको छ । ओलीलाई अहिले राजीनामा दिन बाध्य पार्ने रणनीति लिएर यो समूहका नेताहरु टसमस भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)