राष्ट्रिय आविष्कार केन्द्रलाई कांग्रेस सचेतक घलेको सहयोग
livemandu.com · Sun Nov 22 17:45:16 UTC 2020
काठमाडौं । नेपाली कांग्रेस संसदिय दल बाग्मती प्रदेश प्रमुख सचेतक राधा घले राष्ट्रिय आविष्कार केन्द्र किर्तीपुर, काठमाण्डौलाई बाग्मति प्रदेश सरकारबाट पाएको दशैं भत्ता बापत रकम ५६ हजार ८४० रुपैयाँ हस्तान्तरण गरेकी छन् ।
महाबिर पुनलाई हस्तान्तरण गर्दै भनिन्, नयाँ नयाँ आविस्कारहरु गरेर राष्ट्रको नाम उच्चो गर्ने काम त छदैंछ, त्यसका बावजुद पनि यो कोरोनाको माहामारी सुरु भएदेखिनै जुन काम राज्य सरकारले गर्न नसकिरहेको अवस्थामा बिग्रेर थन्किएको भेन्टिलेटर मेसिन निःशुल्क रुपमा मर्मत गर्नका साथै पिपिइ पोशाक लगायतका स्वस्थ्य उपकरणहरु निःशुल्क बितरण गर्ने र कोरोना संक्रमणले सांस फेर्न निक्कै गह्रो भएको मानिसहरुलाई सिपिएपि मेसिनहरु उपलब्ध गराईरहनुभएको छ । तपाईले देश र जनता प्रति पुर्र्याउनु भाएको योगदानको जति प्रसंसा गरे पनि कम नै हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)