अमेरिकामा ह्वात्ते बढे कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार नाघ्यो
lokpath.com · Tue Jun 02 17:24:02 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना भाइरस (कोभिड १९) को असर सबैभन्दा बढी देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख ७ हजार ३ सय ५२ जना पुगेको छ ।
हालसम्म त्यहाँ १८ लाख ६६ हजार ३ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा मात्र ७ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको र ४ सय २७ जना कोरोनाको कारण ज्यान गुमाएका छन् । त्यस्तै हालसम्म ६ लाख १६ हजार ८ सय ५६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ९ सय ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)