दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जना पक्राउ
livemandu.com · Sat Sep 12 17:13:12 UTC 2020
काठमाडौं, २७ भाद्र, २०७७ । काठमाडौं महानगरपालिका-१४ कंलकीबाट अन्दाजी ७ सय ग्राम तौल तथा अन्दाजी १२ ईन्च लम्बाई भएको पहेलो रंगको दुर्लभ वन्यजन्तु कछुबा सहित ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्खेत भेरीगंगा नगरपालिका-२ घर भएका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोट गढी नगरपालिका-५ घर भएका १८ वर्षीय किशोर, काभ्रे नमोबुद्ध नगरपालिका-८ घर भएका २७ वर्षीय सन्तोष रम्तेल, रौतहट च.पुर नगरपालिका-३ घर भएका १८ वर्षीय किशोर र नुवाकोट बेलकोट गढी नगरपालिका-५ घर भएका १९ वर्षीय प्रमोद बास्कोटा रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)