बेलायतमा भ्याक्सिन प्रतिक्षारत मृतकको संख्या बढ्दै
ratopati.com
लन्डन । कोरोना विरुद्धको भ्याक्सिनलाई मान्यता दिने बेलायत पहिलो मुलुक बनेसँगै बेलायतवासी थप उत्साही बनेका छन् । अझ कोरोना संक्रमित भएका र हस्पिटलमा उपचारार्थ भर्ना भएका बिरामीहरुमा बाँच्ने आशा पलाउनु स्वभाविक नै हो । आज मात्र फाइजर(बायोएनटेकद्वारा तयार पारिएको भ्याक्सिनको पहिलो लट बेलायत भित्रिसकेको छ । तर, बेलायतमा कोरोनाको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ । अहिले यहाँ एकसाताभित्र तीन हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भैरहेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ल को तथ्याँकले देखाएको छ ।
शुक्रबार सार्वजनिक भएको तथ्याँकअनुसार बितेको २४ घन्टामा मात्र थप ५०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो विहीबार २४ घन्टामा मृत्यु हुनेको संख्या ४१४ रहेको थियो । मृतकको आधारमा बेलायत विश्वभरिमै पाँचौं स्थानमा रहेको छ भने युरोपमको अग्रस्थानमा पर्दछ । बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६० हजार ६१७ जनाको ज्यान गैसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)