ओली, प्रचण्ड नजिकिएपछि झस्के नेपाल, भन्छन्–दुई नेता मिल्दैमा विवाद सुल्झिन्न
nepalkhabar.com · Sat May 02 17:46:07 UTC 2020
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहि समझदारी भएको चाल पाएपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई अध्यक्षहरु मिल्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन्।
सचिवालय बैठकमा बोल्ने क्रममा नेपालले नेताहरुबीच समझदारी हुनु र आपसी एकता गरेर अघि बढ्ने कुरा आफैमा सकारात्मक भए पनि केवल दुईजना नेता मिलेर मात्रै पार्टीमा उठेका विषय सुल्झेको ठान्न नहुने बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)