टर्कीका राष्ट्रपतिले दिए फ्रान्सलाई धम्की
ratopati.com
एजेन्सी । टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोअनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोलाई टर्कीसँगको समस्यामा नपर्न भन्दै कडा चेतावनी दिएका छन् । राष्ट्रपति अर्दोअनले फ्रान्सका समकक्षी म्याक्रोलाई नेटोका सहयोगी देशहरुबीच तनाव बढिरहेका बेला टर्कीसँग झमेला नमोल्न भन्दै चेतावनी दिएका हुन् ।
राष्ट्रपति अर्दोअनले सन् १९८० मा सैनिक ‘कू’ बाट सत्ता कब्जा भएको ४० औं वर्षगाँठलाई सम्बोधन गर्दै फ्रान्सलाई गडबड नगर्न चेतावनी दिए । उनले भने– ‘टर्कीका जनतासँग गडबड गर्ने कोशिस नगनुहोस् । टर्कीमाथि खेलवाड गर्ने कोशिस पनि नगर्नुहोस् ।’ वास्तवमा फ्रान्सले गत महिना खुलेरै टर्कीको निन्दा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)