“मिस्टर बिन” को उदय : अक्सफोर्ड विश्वविद्यालयबाट इन्जिनियरिङ डिग्री हासिल हास्य कलाकार
newsofnepal.com · Sat May 03 17:43:32 GMT 2025

कल्पना गर्नुहोस्, एउटा यस्तो संसार, जहाँ एउटा मान्छे मुस्किलले बोल्छ, तर करोडौंलाई हसाउँछ । त्यो मान्छे हो “मिस्टर बिन ।” त्यो लजालु स्वभाव, लामो नाक, ठूलो आँखा भएको र मजाकका पात्र, जसलाई हामी सबैले चिन्छौँ र माया गर्छौँ । तर, यो प्रसिद्धि र विश्वव्यापी प्रेम पाउनु अघि रोवन एटकिन्सन नामबाट बोलाइने एकजना अन्जान केटा थिए उनी, जसको बोलीले सधैँ उनलाई धोका दिइरहन्थ्यो र जसको हुलियालाई देखेर सबैले मजाक उडाउँथे । रोवन एटकिन्सनले “मिस्टर बिन” को नाम आफैँले राखेका होइनन् । यो पात्रको नाम स्वयम् एटकिन्सन र लेखक रिचार्ड कर्टिसले सँगै मिलेर राखेका हुन् । उनीहरूले धेरै नामहरू सोचेर अन्ततः “मिस्टर बिन” नाम रोजका हुन्, किनभने उनीहरूलाई यो नाम सजिलो र रमाइलो लागेको थियो ।
रोवनको जन्म जनवरी ६, १९५५ मा इंग्ल्यान्डको डरहम भन्ने सानो सहरमा एक साधारण मध्यमवर्गीय परिवारमा भएको थियो । उनका बुबा किसान थिए र उनी चार दाजुभाइहरूमध्येका कान्छा थिए । बाल्यकालदेखि नै उनी बोल्ने समस्याबाट ग्रसित थिए । साथीहरू उनलाई जिस्क्याउँथे । ठूलाबडाहरूले उनलाई होच्याउँथे । शिक्षकहरूले पनि उनलाई खासै महत्व दिँदैनथे । उनी लजालु, अल्मलिएको स्वभावका थिए र स्कुलमा उनलाई “एलियन अनुहार” भनेर सम्बोधन गरिन्थ्यो । तर, ती शान्त आँखाहरूभित्र एउटा सृजनात्मक आँधी लुकेको थियो । एउटा यस्तो दिमाग, जसले एक शब्द नबोलिकन पनि हास्य सिर्जना गर्न सक्थे ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)