सिन्धुपाल्चोक पहिरोमा १० जनाको मृत्यु
karobardaily.com
सिन्धुपाल्चोकका छुट्टाछुट्टै स्थानमा आइतबार राति गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ । मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर ८ जना र पाँचपोखरी थाङ्पाल गाँउपालिका २ बरुवामा पहिरोले १ घर पुर्दा २ जनाको मृत्यु भएको हो ।
मेलम्चीमा पहिरोमा पुरिएका ८ जनाकै शव फेला परेको छ । मृत्यु हुनेहरुमा ७ जना विरगञ्जका र १ जना भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा विरगञ्जका वर्ष ४२ का राजेन्द्र चौरासिया, ३५ वर्षिय प्रदिप चौरासिया, २५ वर्षिय विक्रम थिंग, २३ वर्षिय मानबहादुर रुम्बा, २० वर्षिय सिमन घलान, २१ वर्षिय शिव बालक धामी, १७ वर्षिय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)