अब आन्दोलनको विकल्प छैनः सिसडोलबासी
janaaastha.com · Sat Jan 30 17:00:25 UTC 2021
उपत्यकाको फोहोर बिसर्जन क्षेत्र नुवाकोटको सिसडोलबासीले अब आन्दोलनको विकल्प नभएको बताएका छन् । शनिबार राजधानीमा भएको फोहोरमैला प्रभावित क्षेत्रका सरोकारवालाबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रभावितहरुले पटक पटक आफ्ना समस्या र मागप्रति राज्य गैर जिम्मेवार भएको बताए । कार्यक्रममा बोल्दै बन्चरे डाँडा ल्यान्डफिल साइट सरोकार समितिका अध्यक्ष नवराज ढुंगाना बिश्वासले राजनीतिक दलहरुको झगडा र गुटको असर परेको भन्दै प्रभावित क्षेत्रका बासिन्दा चरणबद्ध आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले फोहोर बिसर्जन क्षेत्रका बासिन्दाको स्वाथ्य र वातावरणीय प्रभावबारे गम्भिर हुनुपर्ने भन्दै स्थानीयको मागबारे कुन कुन निकाय चुके समीक्षा हुनुपर्ने बताउनुभयो ।
ककनी प्रगतिशील युवा क्लबका अध्यक्ष दिनेश ढुङ्गानाले राजनीतिक खिचातानीको असर स्थानीयमा परेको भन्दै आन्दोलन जरुरी भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)