बिहारमा ५०० टनको पुल चोरी !
nepallive.com · Sat Apr 09 16:56:00 GMT 2022
काठमाडौं– भारतको बिहारमा ६० फिट लामो पुल चोरी भएको छ। समाचार एजेन्सी पीटीआईले प्रहरीलाई उद्धृत गर्दै सरकारी अधिकारी भएको दाबी गर्ने केही व्यक्तिले सासाराम जिल्लाको पुल चोरी गरेको बताएको छ।
यो पुलको तौल ५०० टन छ र यो सन् १९७२ मा नहरमा निर्माण भएको हो। समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा सासारामका एसपी आशिष भारतीले भने, ‘त्यो पुल सिँचाइ विभागको थियो र प्रयोगमा थिएन। सिँचाइ विभागबाट आएर पुल लिन आएको उनको भनाइ थियो। त्यही भएर गाउँलेलाई जानकारी दिएनन्।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)