नागरिक उन्मुक्तिमा चुलियो विवाद
annapurnapost.com · Wed Mar 13 00:52:36 GMT 2024
धनगढी : प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने विषयले नागरिक उन्मुक्ति पार्टीमा विवाद चुलिएको छ। रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिबिनै सोमबार टीकापुरमा भएको संस्थापक केन्द्रीय सदस्यहरूको बैठकले संघमा प्रतिपक्षमा बस्ने निर्णय गरेकै भोलिपल्ट मंगलबार अध्यक्ष रञ्जिताले प्रधानमन्त्री पुुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन्।
प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिने संसद् सचिवालयमा जानकारी गराएसँगै नागरिक उन्मुक्ति पार्टीले ह्विप जारी गरेको हो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेतासमेत रहेकी रञ्जिताले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको बेहोरा अनुरोध छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)