संकटका सारथी बन्दै भूतपूर्व गोर्खा ‘चिफ इन्सपेक्टर’
nayapage.com · Tue May 05 17:25:39 UTC 2020
काठमाडौं, २३ वैशाख : मंगलबार (२३ वैशाख २०७७) काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर १० बालुवाखानी पिपलबोटस्थित भलिबल मैदानमा परेडमा सैनिकहरु लामबद्ध भए जसरी लामबद्ध थिए, संखुवासभालीहरु अर्थात् पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मेर काठमाडौंमा कर्मशलीहरु । उनीहरु सरकारले लागु गरेको कडा लकडाउनलाई छिचोल्दै त्यहाँसम्म तातो घाममा हिडेर आइपुगेका थिए । उनीहरु त्यहाँ कुनै रहरले भन्दा पनि बाध्यताले ठेलिएर आएका थिए । लामबद्ध उनीहरुको अनुहारमा पिडा र अभाव दौडिरहेको प्रष्ट महशुस गर्न सकिन्थ्यो ।
‘विश्वव्यापी महामारी’ रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को कारण दैनिक जीवन यापनमा समस्या भएका मजदुर र आर्थिक अवस्था कमजोर भएका संखुवासभालीहरुको लाइन थियो, त्यो । त्यही लाईनमा कासनको शैलीमा निर्देशन दिदै खटिरहेका थिए, संखुवासभा खाँदवारी नगरपालिका–४ स्थायी घर भई काठमाडौं बसोबास गर्ने नारायण कुमार गुरुङ्ग । उनी फौजी शैलीमा खटिरहेका थिए । तर, उनी कुनै फौजको कमाण्डर नभएर संखुवासभा समाज, काठमाडौंको अध्यक्षको भूमिकामा खटिरहेका थिए । त्यसो त उनी भूतपूर्व कमाण्डर नै हुन् । गुरुङ्ग सिङ्गापुर प्रहरीका अवकाश प्राप्त चिफ इन्सपेक्टर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)