कोरोना संक्रमित अभिनेत्री ऐश्वर्यालाई अचानक अस्पताल भर्ना गरियो
annapurnapost.com · Fri Jul 17 10:58:00 UTC 2020
नयाँदिल्ली : कोरोनाभाइरसबाट संक्रमित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि उनी जाल्सास्थित निवासमै आइसोलेसनमा बसेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)