सहकारीमा ठगिएका २ करोड ६३ लाख रुपैयाँ फिर्ता, ऋणीबाट साढे ४ करोड रुपैयाँ असुली
shilapatra.com · Thu Jul 02 06:07:00 GMT 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १५ असारसम्मको प्रगति विवरण भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाएको छ ।
समितिले बुधबार असारसम्मको प्रगति विवरण मन्त्रालयलाई बुझाएको हो । जसमा एक हजार सात सय ५४ जना बचतकर्ताको दुई करोड ६३ लाख ९० हजार ८७ रुपैयाँ बचत फिर्ता गरिएको उल्लेख छ । १४१ जना बचतकर्ताको १ करोड ७९ लाख ५७ हजार ९२८ रुपैयाँको बचत मिलान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)