मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालीलाई अवसर दिन रेलवे अध्यादेशमा परिवर्तन

ekantipur.com · Sat Dec 04 01:25:21 GMT 2021

काठमाडौँ — रेल चलाउने नेपाली चालक नपाएपछि उनीहरूलाई अवसर दिन भन्दै अध्यादेशमा परिमार्जन गरिएको छ । नयाँ प्रावधानमा शैक्षिक योग्यता थपिएको छ । तर चालक बन्न आवश्यक अनुभवको अवधि घटाइएको छ । यसअघि रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा चालक बन्न माध्यमिक तह पास गरेको र पाँच वर्ष सहचालक भएर काम गरेको हुनुपर्ने उल्लेख थियो । तर बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी अध्यादेशमा तीन वर्ष मात्र सहचालक भएर काम गरेको अनुभवले काम गर्ने बताइएको छ ।

यसैगरी मान्यता प्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था भने थपिएको छ । मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक वा सहचालकको तालिम लिई रेल चलाउनयोग्य भएको प्रमाणपत्र पाएको पनि हुनुपर्नेछ । चालकका लागि २१ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने पनि अध्यादेशमा उल्लेख छ । राष्ट्रिय सभामा २०७६ पुस १८ मा पेस गरिएको विधेयकमा भने चालकका लागि २५ वर्ष उमेर पुगेको हुनुपर्ने उल्लेख थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)