दाहाल–नेपाल पछि हटेपछि नेकपाको कलह सुल्झाउन बन्यो कार्यदल
himalkhabar.com · Fri Aug 14 17:19:10 UTC 2020
विभाजनको संघारमा पुगेको नेकपामा शीर्ष नेताहरूबीच शक्ति बाँडफाँडमा सहमति जुटेपछि करिब चार महीनादेखि जारी शक्तिसंघर्ष तत्कालका लागि पूर्णविराम नजिक पुगेको छ। शुक्रबार बनेको कार्यदल त्यसकै उपलब्धि हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको संघर्ष हल गर्नका लागि सहमतिको प्रस्ताव खोज्न भन्दै महासचिव बिष्णुप्रसाद पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल बनेको छ। शुक्रबार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलले ६ सदस्यीय कार्यदल गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)