किन अर्काको देशमा लगेर छापिन्छ पैसा ?
farakdhar.com · Fri Aug 07 17:55:36 UTC 2020
केही अघि रिपब्लिक अफ लाइबेरियालाई १ अर्ब ४ करोड डलर नोक्सान भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छायो । यो सरकारको कमजोरी वा नराम्रो नियतले भएको नोक्सानी थिएन । तर, त्यो पैसा साँच्चै गायब भयो । लाइबेरियाको केन्द्रीय बैंकले विदेशस्थित प्रिन्टिङ प्रेसलाई त्यो पैसा छाप्न दिएको थियो । छापिएर आउँदै गरेको पैसा जब देशको मुख्य बन्दरगाहबाट विमानस्थल लगिँदै थियो । तर, पैसा विमानस्थलमा पुगेन बीचबाटै हरायो । यो घटनालाई लाइबेरिया सरकारले छानबिन गरिरहेको छ ।
पैसा कहाँ गयो भन्ने कुरा सरकारले गरेको छानबिनले देखाउला, सँगसँगै यसले एउटा कडा प्रश्न भने जन्माएको छ– स्वदेशी मुद्रा स्वदेशमा छाप्ने कि विदेशमा ?केही महिनाअघि भारतले पनि आफ्नो देशको पैसा विदेशमा छपाउने कुराको विरोध गरेको थियो । सोसल मिडियामा यसको चर्काे आलोचना पनि भएको थियो । विरोध हुनुको मुख्य कारण भनेको साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टमा भारतीय रूपैयाँ चीनको सरकारी प्रिन्टिङ कर्पोरेसनले छाप्ने ठेक्का पाएको बताएको थियो । तर, भारत सरकारले भने यसलाई अस्वीकार गर्दै आइरहेको छ । भारतले यसलाई निराधार बताउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)