महामारीका बेला नागरिकको मानमर्दन गर्ने नेकपाको ‘राजनीति’
dekhapadhi.com · Wed May 06 17:49:42 UTC 2020
हिजो, २३ वैशाख साँझ मध्य तराईको जिल्ला पर्साको वीरगञ्जबाट आएको एउटा समाचार झस्काउने खालको थियो। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका र उपचारपछि कोरोनामुक्त भएर १० दिन पहिले नारायणी उपक्षेत्रीय अस्पतालबाट घर फर्केका पर्सा र रौतहटका दुई जनामा पुनः कोभिड–१९ संक्रमण भएको समाचार थियो, त्यो।
आज अपराह्न वीरगञ्जबाट झनै डरलाग्दो समाचार आएको छ। गर्मीले हपहप हुन थालेको मध्य तराईको यो महानगर आज एकाएक चर्चा, भय र अन्योल, सबैको इपिसेन्टर बन्न पुगेको छ। कारण त्यहाँका १७ जनामा आजै मात्र कोभिड–१९ पुष्टि भएको छ। नेपालमा यति धेरै व्यक्तिमा एकैदिन कोभिड–१९ देखिएको यो पहिलो घटना हो। त्यो भन्दा पनि डरलाग्दो चाहिँ आज संक्रमण पुष्टि भएका १७ जना एकै परिवारभित्रका हुन् , जसमा २ महीनाको शिशु देखि ६६ वर्षीय बृद्धसम्म छन्। तीनदिन अघिमात्र नेपालगञ्जमा एकैदिन १५ जनामा संक्रमण पुष्टि भएको घटनालाई समेत उछिनेको वीरगञ्जले उठाएको अझ गम्भीर प्रश्न हो– १७ जनाको सम्पर्कमा रहेका अरु कतिमा संक्रमण विस्तार भयो होला ?
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)