नयाँ दल नेकपा (एमाले)लाई किन दिइयो नेकपासँग मिल्दोजुल्दो चुनाव चिह्न ?
nayapage.com · Thu Aug 20 18:04:06 UTC 2020
काठमाडौं, ४ भदौ । निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा)को चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ । बुधबार नेकपा (एमाले) नामको दल दर्ता गर्दै निर्वाचन आयोगले नेकपाको चुनाव चिह्न सूर्यसँग मिल्ने गरी ‘उदाउँदो सूर्य’ चुनाव चिह्न दिएको हो । अब नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।
सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा (एमाले) को महासचिवमा मनिषकुमार उपाध्याय रहेको र चुनाव चिह्न ‘उदाउँदो सूर्य’ रहेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले बताए । आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको छ । दर्ता भएको यो दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)