मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मस्कले सम्झौता तोड्ने घोषणा गर्नेबित्तिकै ट्विटरको सेयरमा गिरावट 

baahrakhari.com · Mon Jul 11 18:39:00 GMT 2022

वासिङटन । विश्वकै सर्वाधिक धनी अर्बपति एलोन मस्कले सामाजिक सञ्चार प्लेटफर्म ट्विटरको स्वामित्व ४४ अर्ब अमेरिकी डलरमा खरिद गर्ने योजनाबाट हात झिक्न लागेको घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय सेयर बजारमा ट्विटरको भाउ गिरावट आएको छ ।

ट्विटरले आफूलाई स्पाम र नक्कली खातावालाको विषयमा यथेष्ट सूचना उपलब्ध गराउन नसकेको भन्दै मस्क पछि हटेका हुन् । ट्विटरले भने सम्झौतालाई पुनः सुरु गर्न कानुनी प्रक्रियाको सहारा लिने योजना बनाएको छ । यसका लागि ट्विटरले अमेरिकाको एउटा नाम चलेको ल फर्मलाई नियुक्त गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)