अस्ट्रलिया डढेलो : ३ अर्बभन्दा बढी जनावरको मृत्यु
pahilopost.com · Tue Jul 28 17:13:00 UTC 2020
गत वर्ष अस्ट्रेलियामा लागेको डढेलोमा करिब ३ अर्ब जनावरहरुको मृत्यु भएको वैज्ञानिकहरुले बताएका छन्। बीबीसीका अनुसार वर्ल्ड फन्ड फर नेचर (डब्लुडब्लुएफ) ले अस्ट्रेलियामा लागेको डढेलो ‘आधुनिक इतिहासको सबैभन्दा ठूलो डरलाग्दो विपत्’ का रुपमा व्याख्या गरेको छ।
अस्ट्रेलियाको प्राय सबै राज्यमा फैलिएको डढेलोका कारण करौडौंको क्षति हुनुका साथै हजारौं मानिस विस्थापित भएका थिए। भिक्टोरीया र न्यू साउथ वेल्समा मात्रै १ अर्ब २५ करोड जनावरहरुको मृत्यु भएको डब्लुडब्लुएफको रिपोर्टमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)