डिजी स्कुलले सुरु गर्यो निशुल्क अनलाइन शिक्षण
annapurnapost.com · Mon Apr 27 10:50:00 UTC 2020
काठमाडौं : चैत्र पहिलो हप्ता परिक्षा लिएर रोकिएको बिद्यालयको पढाइ जहाँको त्यहीँ ठप्प छ। कोरोना (कोभिड १९) का कारण लाखौं बालबालिकाको पढाइमा असर त परेको छ नै संगै शैक्षिक सत्रलाई समेत नराम्रो धक्का पुग्ने निश्चित छ।
यस अवस्थामा शिक्षण संस्थाले अनलाइन शिक्षण र अनलाइन सिकाइ प्लेटफर्म तथा अनलाइन स्रोतको सदुपयोग गर्नु अनिवार्य आवस्यकता बनेको छ। यस्तो परिस्थितिलाई मध्यनजर गर्दै बेलायतको एन सि सि एजुकेसनको आईटी पाठ्यक्रम अनुसार कक्षा १ देखि ११ सम्म नेपालमै अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा सुरु गरेको डिजी स्कुल नेपालले लकडाउनका बेला कसरी अनलाइन कक्षा सन्चालन गर्ने भनेर निजी तथा सरकारी स्कुलका शिक्षकहरुलाई निशुल्क प्रशिक्षण सुरु गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)