अनसनको १३औं दिन : कस्तो छ डा केसीको स्वास्थ्य अवस्था?
swasthyakhabar.com · Sat Sep 26 17:15:54 UTC 2020
काठमाडौं - चिकित्सा शिक्षा सुधारका माग राख्दै १३ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीमा जिउ गल्ने चक्कर लाग्ने, धड्कन बढ्ने, शरीरका हातखुट्टा बाँउडिनेलगायतका समस्या देखिन थालेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।
डा केसीको रगतमा डब्लुबिसीको मात्रा कम भएको, सुगर कम भएको र पोटासियमलगायतका तत्व पनि कम देखिएको डा केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा सुवासप्रसाद आचार्यले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)