उपत्यकामा सडक निर्माण अभियान, अनुगमनमा पुगे मन्त्री नेम्वाङ
ratopati.com
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा विस्तार र निर्माण भइरहेका सडकहरूको स्थलगत अनुगमन गरेका छन् । बालकुमारीको हनुमन्ते कोरिडोर, उपत्यकाकै सर्वाधिक सवारी जाम हुने कोटेश्वर चोकमा विस्तारको क्रममा रहेको चार लेनको सडक, गौशला–चाबहिल सडक र जोरपाटी–साँखु सडक खण्डको मन्त्री नेम्वाङले शनिबार अनुगमन गरेका हुन् । चार लेनको सडक विस्तारका लागि कोटेश्वर चोक क्षेत्रमा भने विमानस्थलको बार सार्ने काम सुरु भएको छ ।
अनुगमनपछि मन्त्री नेम्वाङले हनुमन्ते कोअरिडोर निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय सरोकारवाला, निर्माण व्यवसायी र सम्बन्धित आयोजना हेर्ने आयोजना प्रमुख र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयलाई छलफलका लागि मन्त्रालयमा आइतबार बोलाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)