भारतसँगकाे पहिलाे टेस्टमा दक्षिण अफ्रिका १ इनिङ्स र ३२ रनले विजयी
Ujyaaloonline.com · Fri Dec 29 00:39:05 GMT 2023
काठमाण्डाै – भारतसँगकाे पहिलाे टेस्ट क्रिकेटमा घरेलु टाेली दक्षिण अफ्रिका विजयी भएकाे छ । घरेलु टाेलीले भारतले एक इनिङ्स र ३२ रनले हरायाे । याेसँगै दक्षिण अफ्रिकाले २ टेस्टकाे शृङ्खलामा १–० काे अग्रता बनाएकाे छ ।
दाेस्राे इनिङ्समा भारत १ सय ३१ रनमै अल आउट भएपछि दक्षिण अफ्रिका तेस्राे दिन नै विजयी भएकाे हाे । भारतका विराट काेहलीले ७६ र शुभमन गिलले २६ रन बनाए । अरू कुनै पनि खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका नान्दे बर्गेरले ४, मार्काे जनसेनले ३ र कागिसाे रबाडाले २ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)