भारत, चीन र अमेरिकासँग सहकार्य प्राथमिकतामा : प्रधानमन्त्री
nayapatrikadaily.com · Wed Dec 28 00:37:00 GMT 2022
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत, चीन र अमेरिका सबैसँग नेपालको हितमा सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भारतीय टेलिभिजन च्यानल एबिपी न्युजलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुन सक्ने पनि संकेत गरेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि भारतीय विदेशसचिव विनयमोहन क्वात्रासँग टेलिफोनमा कुराकानी भएको पनि प्रचण्डले खुलाएका छन् ।
‘म कहाँबाट पहिला निमन्त्रणा आउँछ, त्यहीँ जान्छु । हिजो भारतीय विदेशसचिव (विनयमोहन क्वात्रा)सँग कुरा भएको थियो । त्यसकारण पहिलो भ्रमण भारत नै हुने बढी सम्भावना देख्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । प्रचण्डले भारत, चीन वा अमेरिकापरस्तको प्रश्नै नभएको भन्दै सरकार नेपाली जनता र नेपालप्रति उत्तरदायी एवं जवाफदेही भएर काम गर्ने स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)