नेपाललाई सापटीमा मल दिन बंगलादेश तयार
lokaantar.com · Thu Sep 17 17:57:59 UTC 2020
काठमाडौं । नेपाललाई ५० हजार टन युरिया मल दिन मित्रराष्ट्र बंगलादेश तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी समकक्षीसँग टेलिफोन वार्ता गरेर मल सहयोग मागेका थिए ।
सरकारको आग्रहसँगै कृषि मन्त्रालयले समेत परराष्ट्र मन्त्रालयमार्फत छलफल गरेकोमा बंगलादेश युरिया मल दिन तयार भएको हो । यससँगै आज बसेको मन्त्रिपरिषद्को बैठकले सो मल ल्याउने अधिकारीक निर्णय गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)