हिमालपारि पुग्यो कोरोना
baahrakhari.com · Thu Jun 18 17:45:00 UTC 2020
मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे गाउँपालिकाको क्वारेन्टिनमा राखिएको र उनको स्वास्थ्यअवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य प्रमुख बन्द्री आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)