कोरोना विश्व अपडेट: २४ लाख बढी मानिस उपचारपछि घर फर्किए, कति पुगे मृतक र संक्रमित (सूचीसहित)
lokpath.com · Tue May 26 18:06:48 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४९ हजार ७ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ ५६ लाख ४१ हजार २ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमित मध्ये ५३ हजार १ सय २९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने विश्वभरबाट २४ लाख ७ हजार १ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाको कारण १ लाख ६४ जना मानिसले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा त्यहाँ ७ हजार ३ सय ८१ जना मानिसमा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ लाख १३ हजार ६ सय ७ पुगेको छ । त्यस्तै हालसम्म अमेरिकामा कोरोना उपचारपछि ४ लाख ६८ हजार ७ सय ७८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै संक्रमितमध्ये १७ हजार १ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । बितेको २४ घण्टामा मात्र कोरोनाको कारण त्यहाँ २ सय ५९ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)