जगदम्बा मोटर्सले सेग्मेन्टकै पहिलो रियर-ह्विल-ड्राइभ ईभी नेपाल ल्याउँदै
onlinekhabar.com · Thu Jul 02 06:39:43 GMT 2026

१८ असार, काठमाडौं । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नयाँ प्रोटोन ई मास ५ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । यो आफ्नो सेग्मेन्टमा नेपालकै पहिलो रियर–ह्विल–ड्राइभ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी रहने जगदम्बा मोटर्सले जनाएको छ ।
यसको आगमनले नेपालको विद्युतीय सवारीसाधन बजारमा अर्को महत्त्वपूर्ण उपलब्धि थप्ने कम्पनीको विश्वास छ । ‘प्रविधिमैत्री, उच्च कार्यसम्पादन गर्ने र वातावरणमैत्री सवारीप्रति उपभोक्ताको आकर्षण बढिरहेका बेला यो गाडीलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने गरी विकास गरिएको छ’, कम्पनीले एक विज्ञप्तिमा भनेको छ ‘यसले दैनिक प्रयोग, सुरक्षा र सहजतालाई पनि समान प्राथमिकता दिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)