स्थगित भएको इन्द्रजात्रामा उपप्रमले देखाएको ‘जात्रा’
mysansar.com · Wed Sep 02 17:40:58 UTC 2020
उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दशा लागेको छ कि के हो। एक पछि अर्को विवादमा पर्दैछन् उनी। पछिल्लो पटक सम्धि विवाद मा फँसे। हुँदाहुँदा उनले फेसबुकमा जात्राको शुभकामना दिँदा पनि अर्को जात्रा भयो। हिजो इन्द्रजात्राको शुभकामना भनेर डिजाइन सिजाइन गरेर चिटिक्क पारिएको शुभकामना सन्देश उनको फेसबुकमा पोस्ट भयो। कोरोनाका कारण काठमाडौँवासीले उल्लासपूर्वक आठ दिन मनाउने इन्द्रजात्रा रोकिएको थियो। तर त्यो फेसबुके शुभकामना सन्देशले अर्को रमाइलो जात्रा देखाइदियो। हेर्नुस् त बिजोग, देशका उपप्रधानमन्त्री, त्यो पनि काठमाडौँबाट निर्वाचित भएका जनप्रतिनिधिको यहीँ हुने यत्रो ठूलो जात्राको बारेमा ज्ञान ! यसो भन्दै ‘सम्धि’ विवादलाई समेत जोडेर फेसबुकमा कमेन्टको ओइरो लाग्यो।
खासमा भएको के थियो भने त्यो शुभकामना सन्देशमा फोटो इन्द्रजात्राको थिएन, जनबहाद्यः (सेतो मच्छिन्द्रनाथ) को जात्राको पो परेछ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)