मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोइला खानी विस्फोट हुँदा टर्कीमा ४१ जनाको मृत्यु

baahrakhari.com · Sun Oct 16 00:38:00 GMT 2022

बार्टिन । टर्कीमा एक कोइला खानी विस्फोट हुँदा ४१ जनाको मृत्यु भएको छ । बार्टिन प्रान्तस्थित कोइला खानीमा विस्फोट हुँदा ४१ जनाको निधन भएको राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले शनिबार बताएका रोयटर्स ले लेखेको छ ।

उक्त विस्फोटमा परेका ५८ जनाको उद्धार गरिएको टर्कीका आन्तरिक मामिला मन्त्री सुलेमान सोयलुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । उक्त खानीमा ११० जना कार्यरत थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)