यी ३४ देशमा रहेका ५६ हजार नेपालीको यसरी हुनेछ हवाई उद्दार (कुन देशबाट कतिजना , सूची सहित)
himalkhabar.com · Tue Jun 09 17:42:05 UTC 2020
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा परराष्ट्र मन्त्रालय मार्फत ३४ देशमा रहेका ५६ हजार ९३ जनाले स्वदेश आउन आफ्नो र परिवारको विवरण टिपाएका छन् । उनीहरुलाई परराष्ट्र मन्त्रालयसँगको समन्वयनमा संस्कृती, पर्रयटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दैनिक पाँच देखि सातवटा उडान मार्फत नेपाल ल्याउने अन्तिम तयारी भइरहेको छ ।
सीसीएमसीले तीनै सुरक्षा निकायसँगको समन्वयमा यसरी आउने नेपालीहरुलाई सुरुमा काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा राख्नेछ । त्यहाँ उनीहरुको स्वास्थ्य अवस्थाको जाँचपछि प्रदेश सरकार र पालिकाको समन्वयमा सम्बन्धित जिल्लाहरुमा पठाइने छ । यसरी पठाउदा सेनाले सम्बन्धित जिल्लामा रहेका सैनिक इकाईहरुमा उनीहरुको सम्पूर्ण विवरण टिपेरमात्र पालिकाको जिम्मा लगाउने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)