खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ
nagariknews.nagariknetwork.com · Mon May 18 01:17:21 GMT 2026

लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–१ का ५० वर्षीय प्रशान्त राई, दोलखा गौरीशङ्कर गाउँपालिका–५ का ४७ वर्षीय पेम्बा तामाङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बेँसीगाउँका २३ वर्षीय अनिल केसी, काठमाडौं गोकर्णेश्वर–६ का ४४ वर्षीय वसन्त तिमल्सिना, सोही नगरपालिका–८ का ३७ वर्षीय विक्रम ठकुरी, २५ वर्षीय प्रज्ज्वल मैनाली तथा ३५ वर्षीय देवेन्द्र अर्याल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)