हङकङमाको महावाणिज्यदूतमा उदय रानामगर
nayapage.com · Tue Aug 25 17:53:53 UTC 2020
काठमाडौं, ९ भदौ । सरकारले गृहमन्त्रालयका सहसचिव उदयबहादुर रानामगरलाई हङकङका महावाणिज्यदूत नियुक्त गर्ने भएको छ । हाल झापाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रानामगरलाई मकाउ समेत हेर्ने गरी महावाणिज्यदूतमा नियुक्तीको तयारी गरेको हो ।
यसका लागि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले रानामगरलाई गृहबाट परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । राना मगरलाई परराष्ट्र मन्त्रालयको प्रस्तावमा अर्को मन्त्रिपरिषद बैठकले महावाणिज्यदूत नियुक्ति गर्ने एक मन्त्रीले बताए । उनले भने, ‘उहाँ महावाणिज्यदूतमा नियुक्त भइसक्नुभयो भन्दा पनि हुन्छ । प्रक्रियाको लागि आज परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)