बार्सिलोनाको जितमा लेवनडोस्कीको दुई गोल
ekantipur.com · Mon Nov 13 02:16:01 GMT 2023
काठमाडौँ — रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलानोले स्पेनी ला लिगामा आइतबार एलाभेसलाई २–१ ले हराएको छ । एलाभेसले सामु ओमरोडिनले पहिलो मिनेटमै गरेको गोलमा अप्रत्यासित अग्रता लिएको थियो ।
त्यसपछि पुनरागमन जित रच्नका लागि लेवनडोस्कीले ५३ औं मिनेटमा पहिलो गोल गरे भने ७८ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि बार्सिलोना ३० अंकमा दोस्रो स्थानमा रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)