चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु
pahilopost.com · Tue Oct 13 17:44:04 UTC 2020
चितवन : चितवनमा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ। कालिका नगरपालिका वडा नम्बर १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको मंगलवार निधन भएको हो।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना संक्रमण पोजिटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)