आज डिस्चार्ज हुनसक्छन् डोनाल्ड ट्रम्प
farakdhar.com · Mon Oct 05 03:19:12 UTC 2020
कोरोनाभाइरस संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार अस्पतालबाट डिस्चार्ज हुनसक्छन् । उनको उपचारमा संलग्न चिकित्सकहरुले यो जानकारी दिएका हुन् ।
यसअघि आइतबारमात्रै ट्रम्पको स्वास्थ्य थप खराब भएपछि उनलाई अक्सिजन र विभिन्न औषधी दिइएको थियो । तर, उनको स्वास्थ्यमा ठूलो सुधार आइसकेको भन्दै उनलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सहरुले बताएका हुन् ।
ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई शुक्रबार वाल्टर रिड अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई एन्टीबडी औषधी दिइएको थियो ।
प्रकाशित मिति : ४ मिनेट अघि,
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
जे चर्चामा छ :
कमनरकाे कथा
कोरोना अपडेट
पुष्पकमल दाहाल 'प्रचण्ड'
जितेन्द्र साेनल
लालबाबु राउत
प्रदेश २
विष्णु पौडेल
शंकर पाेखरेल
केपी शर्मा ओली
प्रदेश नं ५
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)