मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाता शिक्षा कार्यक्रम : स्थानीय तहलाई जिम्मेवार बनाइने

gorkhapatraonline.com · Thu Nov 09 06:35:49 GMT 2023

काठमाडौँ, कात्तिक २३ गते । निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई नै पूर्ण रूपमा जिम्मेवार बनाउने गरी कानुनको मस्यौदा गरिएको छ । स्थानीय तह र आम निर्वाचनमा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम निष्प्रभावी भएपछि आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० मा यस्तो प्रस्ताव गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “मस्यौदा अहिलेकै अवस्थामा स्वीकृत भए मतदाता शिक्षाका लागि स्थानीय तह जिम्मेवार हुने छन् ।” तर, कार्यविधिमा प्रस्तावित व्यवस्थाबमोजिम मतदाता शिक्षा सञ्चालन गर्नुपूर्व स्थानीय तहले आयोगसँग समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)