बहुउपयोगी खयर चोरी/निकासी भएको पाइएपछि...
ekagaj.com · Sat Aug 12 16:00:13 GMT 2023
खोटाङ- दश स्थानीय तह रहेको खोटाङ जिल्लाका बेँसी क्षेत्रमा पर्ने अधिकांश वनहरूमा बहुउपयोगी वनस्पति खयर पाइन्छ । आयुर्वेदिक पद्धति अनुसार विभिन्न रोग नियन्त्रणका लागि उपयोगी हुने औषधिजन्य वनस्पति खयर पछिल्लो समय सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनहरूबाट बिनाअनुमति कटान गरी रातारात चोरी निकासी भइरहेको पाइएको छ ।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न वडामा पर्ने सामुदायिक, कबुलियती र निजी क्षेत्रका वनहरूबाट यसअघि देखि नै निरन्तर रूपमा बिनाअनुमति खयरका काठ चोरी निकासी हुने गरेको समाचार स्रोतको दाबी छ । प्रतिबन्धित खयरका काठ चोरी निकासीमा स्थानीय जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतो रहँदै आएको स्थानीय बासिन्दाको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)