बिना हेल्मेट मोटरसाइकल कुदाएको भिडियो भाइरल बनेपछि कारबाहीमा परे मुख्यमन्त्री
himalpress.com · Thu Jul 02 06:42:32 GMT 2026

काठमाडौँ- बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो।
ट्राफिक अधिकारी मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका छन् । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ । शाहलाई ५०० रूपैयाँ जरिवाना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)