घाँस काट्न गएका ७ बालिका सम्पर्कविहीन
annapurnapost.com · Wed Mar 31 05:56:00 GMT 2021
बर्दिबास : मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्। उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए।
मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन्। ‘धर्मपुरका चेलीबेटीहरू मंगलबार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए। ४ बजे खेतमै रहेको बोरिङमा पानी खाएको पनि गाउँलेले देखेका रहेछन्’, मेयर साहले टेलिफोनमा भने, ‘तर, उनीहरू अबेर रातिसम्म घर फर्केका छैनन्। म पनि घटनास्थलमा छु।’ उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)