जुम्लामा एमबीबीएस पढाइको शुभारम्भ राष्ट्रिपति भण्डारीले गर्ने
khabarhub.com · Sat Dec 11 17:05:36 GMT 2021
खलंगा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जुम्ला आउने भएपछि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ ।
सो अवसरमा राष्ट्रपतिले रु ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लाले पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रपति भण्डारीको जुम्ला आउने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)