मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांस्कृतिक पहिचान स्थापित गर्न जुटयो भुजेल समुदाय

barnanmedia.com · Sat May 03 21:59:31 GMT 2025

तनहुँका भुजेल समुदाय यतिबेला आफ्नो सांस्कृतिक पहिचान स्थापित गर्ने अभियानमा जुटेका छन् । रकम जुटाएर उनीहरु पहिचानका लागि वेशभूषा, भाषा, धर्म, संस्कृतिको जगर्ना गर्न लागेका हुन् ।

अभियानअन्तर्गत तनहुँमा एकहप्ते संस्कार जगेर्ना कार्यक्रम गरिएको छ । भुजेल महिला समाज केन्द्रीय कार्यसमिति र भुजेल जिल्ला कार्यसमितिको संयुक्त रूपमा सो कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय अल्पसङ्ख्यक भुजेल जातिमा सांस्कृतिक विचलन देखापरेकाले सांस्कृतिक पहिचानको संरक्षण तथा पुस्तान्तरणका लागि अभियान सञ्चालन गरिएको भुजेल समाज नेपाल केन्द्रीय कार्यसमितिको भाषा, संस्कार, सांस्कृतिक विभाग प्रमुख रेशम भुजेलले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)