जनकपुरमा विपन्न परिवारलाई भोजन र राहत
ratopati.com
जनकपुर । धनुषामा लकडाउनका कारण समस्या खेपिरहेका गरिब, विपन्न, मजदुर लगायतलाई स्थानीयस्तरमै केहि समूहले विभिन्न ठाउँमा भोजन गराइरहेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका लगायतका स्थानमा त्यस्ता भोजन कार्यक्रम सञ्चालन भैरहेका छ । सोही क्रममा जनकपुरधाम वडा नम्बर १ मा दैनिक ज्याला–मजदुरी गरेर जिविका चलाउँदै आइरहेका परिवारजनलाई स्थानीयस्तरमै भोजनको व्यवस्था गरिएको वडाध्यक्ष सत्रुधन साहले बताए ।
साहले आफ्नै अगुवाई भोजनको व्यवस्था दैनिक रुपमा गर्दै आइरहेका छन् । राहतको नाममा चामल दाल दिनुभन्दा बिहान बेलुका भोजन उपलब्ध गराउनु उचित लागेर व्यक्तिगत अगुवाईमा यस्तो कदम उठाएको वडाध्यक्ष साहले बताए । उनले भने ‘शुरुमा एक्लै यसका लागि पहल गरेँ, अहिले आएर विभिन्न दाताहरुले समेत मेरो यस कार्यमा सहयोग गरिरहेका छन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)