मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा रोशीबाट अस्थायी आवास अनुदान वितरण

barnanmedia.com · Sat May 03 22:04:22 GMT 2025

विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोपीडितलाई अस्थायी आवास निर्माणका लागि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट अनुदान वितरण थालिएको छ । घटनाको सात महिनाभन्दा बढी समयपछि पीडितका बैंक खातामा रकम पठाउन थालिएको हो ।

रोशी गाउँपालिकाले ५४८ पीडित परिवारका लागि लागि अस्थायी आवास निर्माणार्थ पहिलो किस्तावापतको रकम निकासा सुरु गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले गाउँपालिकाको खातामा सङ्घीय सरकारबाट अनुदान रकम आएपछि बाढीपहिरोपीडित घरपरिवारका लागि पहिलो किस्तावापतको रु २५ हजार रकम सम्बन्धित लाभग्राहीको खातामा निकासा गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पीडितलाई बैंक खाता खोल्न बाँकी तथा अन्य समस्या भएमा सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको विपद्् हेल्प डेस्कमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)